ad ad

समाज


श्रीमानको अन्त्येष्टीको दिन महारानी एलिजावेथले सार्वजनिक गरिन् आफूलाई मनपर्ने तस्बिर

श्रीमानको अन्त्येष्टीको दिन महारानी एलिजावेथले सार्वजनिक गरिन् आफूलाई मनपर्ने तस्बिर

नेपालखबर
बैशाख ४, २०७८ शनिबार ९:४३,

आज शनिबार फिलिपको अन्त्येष्टी हुँदैछ। अन्तिम संस्कार हुँदै गर्दा महारानी एलिजावेथले आफूलाई मनपर्ने एउटा तस्बिर सेयर गरेकी छिन्।

अन्त्येष्टीको पूर्वसन्ध्यामा महारानीले सार्वजनिक गरेको तस्बिरमा उनी श्रीमान फिलिपसँगै देखिएकी छिन्।

श्रीमानसँग खिचेकोमध्ये यो तस्बिर एउटा उत्कृष्ट तस्बिर रहेको उनको भनाइ छ। बीबीसीका अनुसार सन् २००३ मा खिचेको उक्त तस्बिरमा राजदम्पती एबर्डीनशरस्थित एउटा घाँसे मैदान विश्राम गरिरहेको देखिएको छ।

बेलायती राजकुमार फिलिपको अन्तिम संस्कार आज शनिबार विन्डसर क्यासेलको सेन्ट जर्ज च्यापलमा स्थानीय समयअनुसार तीन बजे हुनेछ।

शवयात्राको दौरान ड्युक अफ एडिनबरा प्रिन्स फिलिपको शवगाडीलाई उनका छोराछोरी तथा नातिनातिनाले पछ्याउँनेछन्।

बकिंघम प्यालेसले एक बयानमा महारानी एलिजाबेथले अन्तिम संस्कारमा धेरै जनालाई अटाउन नसकेकाले दुख लागेको बताएकी छिन्।

पहिले अन्त्येष्टीमा ८ सय जना सहभागी हुने तयारी थियो तर कोरोना भाइरसको प्रतिबन्धका कारण अब मात्र ३० जना सहभागी हुनेछन्।

फिलिपको अन्त्येष्टीमा बेलायती प्रधानमन्त्रीसमेत जाने छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .