समाज


उकालो लाग्दै कोरोना : एक हप्ताभित्र ३ हजार संक्रमित थपिए, २१ व्यक्तिको मृत्यु

उकालो लाग्दै कोरोना : एक हप्ताभित्र ३ हजार संक्रमित थपिए, २१ व्यक्तिको मृत्यु

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार २:३७,

नेपालमा कोरोना संक्रमण उकालो लागिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत शुक्रबारदेखि हिजो बिहीबारसम्म २ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार गएको हप्ता २९ हजार ९ सय २८ नमुना परीक्षण गरिएको थियो। यस अवधिमा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ८४ छ। ६८ जना क्वारेन्टिनमा छन्।

गत शुक्रबारदेखि बिहीबारसम्म ९९६ जना संक्रमणबाट मुक्त भएका छन्।

हालसम्म नेपालमा कूल २ लाख ८२ हजार ५४ जनालाई कोरोना संक्रमण भइसकेको छ भने तीमध्ये ३ हजार ६६ जनाको मृत्यु भएको छ।

यस्तै अहिलेसम्म २ लाख ७४ हजार ६ सय ४ जना कोरोना संक्रमणबाट निको भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad