समाज


पाँचजना कर्मचारीको दुर्घटनामा मृत्यु भएपछि गुल्मी जिल्ला प्रशासन कार्यालय पाँच दिनका लागि बन्द

पाँचजना कर्मचारीको दुर्घटनामा मृत्यु भएपछि गुल्मी जिल्ला प्रशासन कार्यालय पाँच दिनका लागि बन्द

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार २:१५,

दुर्घटनामा पाँच जना कर्मचारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मी पाँच दिनका लागि बन्द भएको छ।

बुधबार प्युठानमा जीप दुर्घटना हुँदा कार्यालयका पाँच जना कर्मचारीको मृत्यु भएको थियो। कर्मचारीको मृत्युको शोकमा बिहिबार कार्यालयका सबै सेवा बन्द गरिएको थियो। आजदेखि वैशाख ६ गते सम्म कार्यालयका मुद्धा र शान्ति सुरक्षाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी उद्धव पन्थीले जानकारी दिए।

नयाँ वर्षको अवसरमा वैशाख १ गते प्युठानको स्वर्गद्वारी भ्रमणमा जाँदै गर्दा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहित १७ जना सबार लु १ ज १६६५ नम्बरको जीप दर्घटनामा परेको थियो। सो दुर्घटनामा परी कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सुर्य पन्थी, खरिदार इश्वरी भण्डारी, यमलाल पन्थी र सवारी चालक केशव कार्कीको मृत्यु भएको थियो।

दुर्घटनामा सन्दिप परियार, सार्थक ज्ञवाली, कमला पन्थी, गीता मुखिया, अनिस मुखिया, मुना पाण्डे र सुनिता कडेँल घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि काठमाडौं लगिएको छ।

दुर्घटनामा ज्यान गुमाउने कर्मचारीको शव बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि आफन्तको जिम्मा लगाइएको छ। दुर्घटनामा एउटै कार्यालयका पाँच जना कर्मचारीको मृत्यु भएपछि कार्यालयको काममा समेत समस्या सिर्जना भएको सूचना अधिकारी पन्थीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad