समाज


प्युठान दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, ११ घाइते (विवरणसहित)

प्युठान दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, ११ घाइते (विवरणसहित)

नेपालखबर
बैशाख १, २०७८ बुधबार ९:२१,

प्युठानमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।

बुधबार बिहान जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको लु १ ज १६५५ नम्बरको जिप दुर्घटनामा थप दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दुई जनाको घटनास्थलमै र बाँकीको उपचारको क्रममा ज्यान गएको हो।

ज्यान गुमाउनेमा जिपका चालक गुल्मी मुसिकोट नगरपालिका ३ का २२ वर्षीय केशव कार्की, प्रशासनका कर्मचारीहरु गुल्मीका ३५/३६ वर्षीय सुर्य पन्थी, ईश्वर भण्डारी, स्याङ्जा घर भई हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकिय अधिकृत पदमा कार्यरत ३८/३९ वर्षीय श्याम न्यौपाने र २७/२८ वर्षीय एक पुरुष रहेका छन्। उनको गाडीमा च्यापिएको अवस्थामा शव फेला परेको र पहिचान भइनसकेको प्रहरीले जनाएको छ।

यस्तै घाइते हुनेमा गुल्मी रेशुङ्गा नगरपालिका ४ का २३ वर्षीया सुनिता कडेल, २९ वर्षीया बसन्ती पौडेल र उनकी ४ वर्षीया छोरी निकिता पौडेल रहेका छन्। निकिताको अवस्था सामान्य र अन्यको मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै सोही स्थानका ३० वर्षीया गिता बोहरा मुखिया र उनका १० वर्षीय छोरा अनिस मुखिया, गुल्मी चन्द्रकोट गाउँपालिका ८ की २४ वर्षीया तारा भण्डारी, ६ वर्षीय आशिष भण्डारी, गुल्मीको मुसिकोट नगरपालिका ६ का ३३ वर्षीय दिल बहादुर थापा र २७ वर्षीया कमला पन्थी ज्ञावली रहेका छन्। उनीहरुको अवस्था मध्यम छ।

गुल्मीको मुसिकोट नगरपालिका ६ का १२ वर्षीय सार्थक ज्ञावली र प्यूठान माण्डवी गाउँपालिका ३ का ३७ वर्षीय सन्जिव परियारको अवस्था गम्भीर रहेको छ।

बिहान साढे ११ बजेको समयमा प्यूठानको स्वर्गद्वारी नगरपालिका २ रुमालेमा जीप दुर्घटना भएको थियो।

गुल्मीको रेशुङ्गा नगरपालिका ८ लाकुरी मन्चबाट स्वर्गद्वारी दर्शन गर्न गएका उनीहरु सवार जीप ओभरटेक गर्ने क्रममा सडकबाट डेढसय मिटर तल खसेको थियो।

जिपमा १६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले जनाएको छ। घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृ पठाइएको छ। गम्भीर घाइतेलाई हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी भइरहेको गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।

यो पनि –
प्युठान दुर्घटना अपडेटः गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी
जिल्ला प्रशासन गुल्मीका कर्मचारी सवार गाडी प्युठानमा दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad