समाज


नयाँ वर्ष २०७८ प्रारम्भ

नयाँ वर्ष २०७८ प्रारम्भ

नेपालखबर
बैशाख १, २०७८ बुधबार ०:२४,

आज विक्रम संवत् २०७८ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। नेपाल तथा विश्वका विभिन्न देशमा बस्ने नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँदै छन्।

नयाँ वर्षमा गत वर्ष गरेका कामको समीक्षा गर्ने र नयाँ संकल्पसहित काम अघि बढाउने गरिन्छ। आज मीठो मसिनो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्ने गरिन्छ।

नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता रहेको ज्योतिषविद् बताउँछन्।

सरकारी कामकाजमा विक्रम संवत्को आधारमा चलाउने नेपाल एक मात्र मुलुक हो। यो संवतको आरम्भकर्ता विक्रामादित्य हुन्। विक्रम संवत् सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिक महत्व रहेको ज्वोतिषविद्हरुको भनाई छ। सूर्यले ३६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् शुरु हुन्छ।

गत वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरस संक्रमणको कारण नेपालीले घरमै बसेर नयाँ वर्ष मनाउँदै छन्। कोरोना संक्रमणको त्रासको कारण बाहिरफेर घुमफिर एवं मेला महोत्सवमा सहभागी हुने अवस्था छैन। सरकारले पनि कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई आग्रह गरेको छ।

यसैबीच नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन्। नयाँ वर्षको अवसरमा देशैभरी आज सार्वजनिक बिदा दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad