समाज


इन्डोनेसियामा भिषण आँधी : १७८ जनाको मृत्यु, ४७ बेपत्ता

इन्डोनेसियामा भिषण आँधी : १७८ जनाको मृत्यु, ४७ बेपत्ता

नेपालखबर
चैत ३१, २०७७ मंगलबार २३:३१,

इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा ‘सेरोजा’ आँधीको कारण १ सय ७८ जनाको मृत्यु भएको छ। सोमबार आएको भिषण आँधीमा परेर अन्य ४७ जना हराइरहेका सरकारी अधिकारीहरुले जनाएका छन्।

सो प्रान्तका उप गभर्नर जोसेफ नाए सोइले भिषण आँधीले ठूलो जनधनको क्षति गरेको जानकारी दिए।

इन्डोनेसियामा केही दिन अघि मात्र बाढी पहिरोमा परे दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो भने सयौंको संख्यामा विस्थापित भएका थिए।

यद्यपी त्यहाँको प्रकोप न्यूनीकरण एजेन्सीले आयोजना गरेको भर्चुअल प्रेस सम्मेलनमा प्रान्तीय अधिकारीले विस्थापित व्यक्तिहरुको संख्या घटेको जानकारी दिएका छन्।

हाल अस्थायी आश्रयस्थलमा ७ हजार ८ सय ९५ जना बसिरहेका छन। यसअघि बाढी पहिरोको प्रकोपबाट सताइएका ३४ हजार ८३८ जना अस्थायी आश्रयस्थल बस्दै आएका थिए।

इन्डोनेसियामा बाढी र पहिरोले प्रभावित क्षेत्रहरूमा घरहरु, सडक र पुलहरु ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad