समाज


सर्वोच्च पुगिन् गोल्यान ग्रुपको सामाजिक उत्तरदायित्व कार्यक्रम हेर्ने खुस्बु ओली 

सर्वोच्च पुगिन् गोल्यान ग्रुपको सामाजिक उत्तरदायित्व कार्यक्रम हेर्ने खुस्बु ओली 

नेपालखबर
चैत २६, २०७७ बिहिबार ११:३,

चेक बाउन्ससम्बन्धी मुद्दामा आफूलाई सुनुवाइको मौका नै नदिएको भन्दै गोल्यान ग्रुपको सामाजिक उत्तरदायित्व कार्यक्रम हेर्दै आएकी पूर्वमोडल खुस्बु ओली सर्वोच्च अदालत पुगेकी छिन्।

उनलाई उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले २ महिना कैद र ३ हजार जरिवाना गर्ने फैसला गरेको थियो।

त्यसको पुनरवलोकनको लागि उनी सर्वोच्च अदालत पुगेकी हुन्।

उनले दर्ता गरेको मुद्दाअनुसार आज न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी थियो।

तर, हेर्न नभ्याइने भन्दै पेशी सरेको सर्वोच्च अदालतले जानकारी गराएको छ।

२०७६ जेठ ८ मा जिल्ला न्यायाधीश कृष्णप्रसाद भट्टराईको इजलासले उनलाई दोषी ठहर गरेको थियो।

गोपाल कटुवालसँगको ३६ लाख रुपैयाँ लेनदेन नमिलेपछि खुस्बुविरुद्ध मुद्दा परेको थियो।

यस्तो थियो घटना
सप्तरीका गोपाल कटुवाल र मोडल खुस्बु ओली लामो समय विभिन्न सामाजिक संस्थामा सँगै काम गरेका व्यक्ति हुन्।

उनीहरुबीच एक आपसमा आर्थिक लेनदेन समेत हुने गरेको थियो। २०७४ सालमा ओलीले कटुवालसँग ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन्। त्यो पैसा उनले पछि फिर्ताको लागि कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएकी थिइन्।

त्यस बैंकको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ भुक्तानी गरेकी थिइन्। तर त्यो खातामा पैसा नरहेको पाइयो। चेक बाउन्स भयो।

त्यसपछि पैसा नै नउठ्ने देखेपछि कटुवाल जिल्ला अदालत काठमाडौं गएका थिए। जिल्ला अदालतले ओलीलाई दोषी ठहर गरेको थियो।

अहिले ओलीले अदालतको उक्त निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गराएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad