नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका–१६ बस्ने वर्ष ३४ की फुलमाया तामाङ, गुल्मी को साविक जुभुङ्ग गाविस–८ बस्ने वर्ष ३२ को शिव पल्ली र रामेछापको दोरम्बा गाउँपालिका–२ बस्ने वर्ष २२ को पासाङ टसी तामाङ रहेका छन्।
ब्यूरोबाट वन्यजन्तु तथा बनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ झुलपाखाबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कानूनी कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया