नेपाली सेनाले चीनसँगको सिमानामा रहेका सीमास्तम्भहरु मर्मत गरेको छ।
दोलखामा तैनाथ तारादल गणले चैत २ गतेदेखि २१ गतेसम्म दोलखा जिल्लामा पर्ने अन्तर्राष्ट्रिय सीमास्तम्भहरुमा रंग लगाउने र सरसफाइ गर्ने काम गरेको हो।
नेपाल–चीन ईलाकामा रहेका सीमा स्तम्भहरुको अवस्था अवलोकन तथा आवश्यक सरसफाई गरि मेटिएका अक्षर र नम्बरहरुमा रङ्ग लगाइएको सैनिक मुख्यालयले जनाएको छ।
अपरेशन हिमालदर्शन अन्तर्गत सेनाले सीमा अवलोकल तथा स्तम्भ सरसफाइ गरिएको जनाएको छ।

प्रतिक्रिया