राजनीति


प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न सांसद गोकुल बाँस्कोटाको चुनौती

प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न सांसद गोकुल बाँस्कोटाको चुनौती

नेपालखबर
चैत २३, २०७७ सोमबार ८:१२,

नेकपा–एमालेका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने दल तथा नेताहरुलाई प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न चुनौती दिएका छन्।

प्रधानमन्त्री ओलीसँग अत्यन्त निकट मानिने बाँस्कोटाले राजीनामा माग गर्ने दलहरुले दोहोरो चरित्र देखाएको उनले बताए।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, सरकार एकदलीय वा दुई दलीय के बनाउने के गर्ने भन्न नसक्ने, अनि अहिलेको सरकारको कामचलाउ भन्ने?’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बाँस्कोटाले भने, ‘विश्वासको मत फिर्ता लिनुस् न, अर्को विषय सुरु हुन्छ, तर राजनीतिलाई बन्दी बनाउन हामी सक्दैनौं।’

अहिले अन्य दलले आफै अड्काउने र आफै पड्काउने गरेको र त्यसो गर्न नपाइने उनले बताए।

जनताको बीचमा जान प्रतिगमन हुन्छ भने अग्रगमन के हो? भनी उनले प्रश्न गरे।

‘विकास गर्ने प्रतिगमन र जनताको बीचमा जाने प्रतिगमन यहाँ भइरहन्छ,’ उनले भने, ‘निकास दिन नदिने हो भने ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम नै ठीक छ।’

चुनाव देख्नासाथ फोबिया हुनेहरुले प्रतिगमनको नारा लगाएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad