ad ad

समाज


अम्बानी प्रकरण : फेला पर्‍यो महत्त्वपूर्ण डायरी, ठूलो रहस्य खुल्ने अपेक्षा

अम्बानी प्रकरण : फेला पर्‍यो महत्त्वपूर्ण डायरी, ठूलो रहस्य खुल्ने अपेक्षा

नेपालखबर
चैत १०, २०७७ मंगलबार १२:३१,

भारतका चर्चित उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोट पदार्थ राखेको प्रकरण अनुसन्धान गरिरहेको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले अपराध अनुसन्धान एकाइ (सीआईयू) को कार्यालयमा एउटा महत्त्वपूर्ण डायरी फेला पारेको छ। जसबाट ठूलो रहस्य खुल्ने अपेक्षा गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार डायरीमा केही व्यक्तिका नाम छन् र तिनका अगाडि रकमको विवरण पनि लेखिएका छन्। कोड भाषामा लेखिएका रकमका अंकले असुलीतर्फ संकेत गरेका छन्।

मिडिया रिपोर्टका अनुसार डायरीमा सचिन वझेको टिमले कति असुल गरेको थियो भनेर लेखिएको छ। एनआईएका अनुसार सचिन वझेले जनवरीदेखि असुली सुरु गरेका थिए, जुन कुरा मुम्बईको प्रहरी आयुक्तबाट हटाइएका परमवीर सिंहले महराष्ट्रका मुख्यमन्त्रीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ। डायरीमा हरेक होटल र पबका सञ्चालकको नाम र अगाडि रेट लेखिएका छन्।

साथै डायरीमा मुम्बईका लटरी व्यवसाय र भाँडाकुँडा व्यापारको पूरा विवरण छ र तिनका अगाडि रकम लेखिएका छन्। अनुसन्धानबाट सचिन वझे आफैंले पैसा उठाउने नभई त्यसका लागि उनले कुनै आपराधिक गिरोह प्रयोग गर्ने गरेको खुलेको छ।

याे पनि : अम्बानीको घरछेउमा विस्फोटक पदार्थ राखेको आरोप लागेका पूर्वप्रहरी वझेलाई लगियो होटल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .