ad ad

समाज


लोकसेवा आयोग भोलिबाट पदाधिकारीविहीन हुँदै

लोकसेवा आयोग भोलिबाट पदाधिकारीविहीन हुँदै

नेपालखबर
चैत १०, २०७७ मंगलबार १२:२५,

लोकसेवा आयोग भोलीबाट पदाधिकारी विहिन हुने भएको छ।

२०७१ चैत्र ११ गते नियुक्त सबै पदाधिकारीको चैत्र ११ बाट पदावधि सकिँदैछ। मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष उमेश मैनालीले आयोग पदाधिकारीविहिन हुँदा गम्भीर असर पर्ने अवस्था रहेको बताए। तत्काल बढुवाको सबै प्रक्रिया रोकिने, परीक्षाहरु रोकिने, नतिजा प्रकाशन गर्ने काम रोकिने बताए।

यस्तै सरकारी उच्च पदका बढुवाहरु अन्तरवार्ताहरु सबै रोकिने अवस्था रहेको पनि बताए।

निजामति प्रशासनको सम्पूर्ण काम रोकिने हुँदा सरकारले समयमै पदाधिकारी नियुक्ति गर्ने विश्वास समेत अध्यक्ष मैनालीले व्यक्त गरे। स्व. शुशिल कोइराला नेतृत्वको सरकारले आयोगमा अध्यक्ष मैनालीसहितको पदाधिकारी नियुक्त गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .