समाज


नक्कली नोट बनाउने मेसिनसहित चार पक्राउ

नक्कली नोट बनाउने मेसिनसहित चार पक्राउ

नेपालखबर
चैत ९, २०७७ सोमबार १६:१,

चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–८ का २९ वर्षीय देवेन्द्र राई र सोही ठाउँका १९ वर्षीय पवन राई रहेका छन्।

प्रहरीका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१ बसपार्क क्षेत्रको पसलमा नक्कली नोट दिई सामान खरिद गरिरहेकाका अवस्थामा पक्राउ गरेका थिए। अनुसन्धान गर्दै जाने क्रममा नोट छाप्ने कार्यमा संलग्न थप दुई जनालाई काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ का २८ वर्षीय विश्वराम राई र सोही ठाउँका २४ वर्षीय राजाराम दनुवार रहेका छन्।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–६ सिपाघाटमा रहेको विश्वराम राईको मोबाइल पसलबाट नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप दुई थान, कार्ड रिडर एक थान, प्रिन्टर (फोटोकपी मेसिन) दुई थान, हार्डडिक्स एक थान बरामद गरिएको छ। राईलाई मोबाइल पसलबाटै पक्राउ गरिएको थियो।

यस्तै मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा रहेको राजाराम दनुवारको मोबाइल पसलबाट प्रिन्टर एक थान, नक्कलीनोट छाप्नका लागि प्रयोग भएकोे फोटोकपी पेपर पाना २४, एउटा एफोर पेपरमा नेपाली एक हजार दरको नोट अगाडि पछाडी छापिएको पेपर एक थान बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

दनुवारलाई मोबाइल पसलबाटै पक्राउ गरिएको थियो। पक्राउ परेका व्यक्तिहरु लाई संगठित अपराध तथा निवारण ऐन–२०७० अन्तर्गत मुद्रासम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपगरी अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad