उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एव व्यबस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवक परिचालन गर्दै आएको छ।
उपत्यकामा वर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रुहरु दुर्घटनामा परि अनाहकमा ज्यान गुमाउनुको साथै ठूलो संख्यामा अंगभंग हुने गरेको तथ्यांकबाट स्पष्ट देखिन्छ।
सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि लापरबाहि तरिकाले सडक पार गर्ने, जथाभावी हिँड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत त्यसले असर गर्ने हुनाले त्यसलाई न्यूनिकरण गर्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाको अपेक्षा रहेको छ।
महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरि ९५ जना विद्यार्थीहरुलाई स्वयंमसेवक सम्बन्धी प्रशिक्षण दिइ सवारी तथा पैदलयात्रीको चाप हुने विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा १० दिनसम्म आजैदेखि परिचालन गरिने महाशाखाले छ।
उपत्यकाको बढि सवारी चाप तथा पैदलयात्रुको भीडभाड हुने स्थानहरुमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्य सहित ट्राफिक स्वयंसेवक परिचालन गरिँदै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।
त्यसरी खटिने ट्राफिक स्वयंसेवकले सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने हेतु स्वयमसेवकले कार्य गर्ने एसएसपी भट्टराईले जानकारी दिए।
केही मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुने हुँदा ट्राफिक स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरे। जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्दा दुर्घटनामा परि मानिसको ज्यान गएको विगतको घटनाहरु सम्झँदै उनले पैदलयात्रूको बढि भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरी उनीहरुलाई सुरक्षित यात्रा गराउन र सडक पार गर्न सहयोगी बन्ने समेत जानकारी दिए।
यस अघि महाशाखाले बिभिन्न सँघसंस्था, स्कुल कलेजका विद्यार्थीहरुलाई ट्राफिक स्वयमसेवक सम्बन्धी प्रशिक्षण दिई विभिन्न चरणमा परिचालन गरिएको र त्यसको प्रभावकारितासँगै यसलाई निरन्तरता दिएको बताएको छ। हाल बिभिन्न चरणहरुमा ६१९ जना स्वयंसेवकहरु परिचालन भैसकेका छन भने ५७ जना ले दैनिक काम गर्दै आएका छन्।
स्वयमसेवक परिचालनबाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस गर्ने र पैदलयात्रुलाई सहजता मिल्ने महाशाखाको बुझाई छ। स्वयंसेवकको उपयोगिता एव प्रभावकरिता हेरेर आगामी दिनमा थप परिचालन बढाउँदै लगिने महाशाखाले जनाएको छ।

प्रतिक्रिया