ad ad

समाज


भक्तपुरमा छोराले चलाएको मोटरसाइकलमा सबार आमाको टिपरको ठक्करबाट मृत्यु

भक्तपुरमा छोराले चलाएको मोटरसाइकलमा सबार आमाको टिपरको ठक्करबाट मृत्यु

नेपालखबर
चैत ७, २०७७ शनिबार २३:४४,

भक्तपुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

शनिबार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका १० चितापोलमा बा ४ ख ९८१० नम्बरको टिपरले मे ८ प ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ५९ वर्षीया एक महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका ११ घर भइ काठमाडौंको हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्की रहेकी महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनी छोराले चलाएको मोटरसाइकलमा सबार थिइन्।

दुर्घटनामा मोटरसाइकल चालक ३४ वर्षीय प्रकाश कार्की सकुशल रहेका परिसरका प्रवक्ता दीपक गिरीले जानकारी दिए।

दुर्घटनापछि टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ का २३ वर्षीय सुनिल तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .