ad ad

समाज


मनाङ दुर्घटना : मृतकको संख्या ५ पुग्यो

मनाङ दुर्घटना : मृतकको संख्या ५ पुग्यो

नेपालखबर
चैत ७, २०७७ शनिबार १७:२८,

शनिबार दिउँसो मनाङको नासों गाउँपालिका–३, खोत्रोमा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।

प्रहरीका अनुसार घाइतेमध्ये थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको हो। यसअघि घटनास्थलमै ३ जनाको मृत्यु भएको थियो।

लमजुङको बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक शनिबार दिउँसो खोत्रोस्थित सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदीमा खसेको हो।

मनाङ जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मनाङको नासों गाउँपालिका–४, ओडार गाउँका ७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो। मनिषा र जलकाशी दिदीबहिनी हुन् भने लिउन मनिषाका छोरा।

दुर्घटनामा गम्भीर घाइते भएका ५ जनामध्ये ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका–५, घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका–४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि जिल्ला अस्पताल बेंसीसहरतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो। शनिबार राति ८ बजेतिर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते ट्रकका चालक तनहुँको भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ, नासों गाउँपालिका ४ का ३ वर्षीय थिउन गुरुङ र ७ वर्षीय निहल गुरुङलाई जिल्ला अस्पताल लमजुङमा प्राथमिक उपचारपछि चितवनस्थित पुरानो मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .