छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका डोटीको जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको जेल सजाय सुनाएको छ।
जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले सो सजाय सुनाएको हो।
गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको भन्ने विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निजलाई २५ वर्षे कैद सजाय सुनाएको बताइएको छ। रासस
प्रतिक्रिया