सोमबार हङकङको वान्स सेक वाइ कोक स्टेटमा २५ वर्षीया महिलाको मोबाइल फोन तथा अन्य सामग्री लुटपाट गरेको अभियोगमा पाँच किशोर विद्यार्थीहरु गिरफ्तारमा परेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
लुटपाट भएसँगै महिलाले प्रहरीलाई खबर गरेकी थिइन्। ती किशोरहरुले उक्त फोन २७ सय हङकङ डलरमा विक्रि गरेका थिए र पैसा बराबर बाँडेका थिए।
प्रहरीले खोजी गर्दै जाँदा मंगलबार राति उनीहरुलाई पक्राउ गरिएको थियो।
हङकङमा चोरी डकैतीमा संलग्न हुनेलाई दश वर्षको जेल सजाय हुुनसक्छ।
तर बुधबार चोरीको घटना सार्वजनिक गरिएपनि उनीहरुलाई जेल सजाय भने दिइएन।
एससीएमपीका अनुसार उमेर समूह कम भएकाले उनीहरुलाई सम्झाई बुझाई छाडिएको छ।
हङकङमा पछिल्लो समय साना उमेर समूहले अपराध गर्ने कार्य बढ्दै गएको देखिएको छ।
सन् २०२० मा साना उमेर समूहबाट अपराध भएको १२ सय १८ उजुरी प्रहरीमा परेका थिए। त्यस्तै सन् २०१८ मा ११४० पटक बालबालिकाले अपराध गरेको तथ्यांक छ।
प्रतिक्रिया