ad ad

समाज


जाङ्मु भन्छिन्: निजी खर्चमा हेलिकोप्टर लिएर आफ्नाे गाउँ जादा तपाईंकाे किन टाउकाे दुःखाइ?

जाङ्मु भन्छिन्: निजी खर्चमा हेलिकोप्टर लिएर आफ्नाे गाउँ जादा तपाईंकाे किन टाउकाे दुःखाइ?

नेपालखबर
चैत ४, २०७७ बुधबार १२:५,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो माइतघर जादा चारवटा हेलिकोप्टर लिएर सरकारी पैसा दुरुपयोग गरेको भन्दै विभिन्न मान्छेहरुले गलत प्रचार गरेको बताएकी छिन्।

केही समय अघि हेलिकोप्टर लिएर माइती गाउँ गएको तस्बिर जाङ्मुले नै आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।

उक्त पोस्ट सार्वजनिक भएपछि विभिन्न मान्छेहरुले त्यसमा प्रतिक्रिया जनाएका थिए। केहीले सरकारी पैसाको दुरुपयोग गर्दै हेलिकोप्टरमा ससुराली गएको आरोप समेत लगाएका थिए।

त्यसको जवाफमा बुधबार सामाजिक सञ्जालमार्फत जाङ्मुले स्पष्टिकरण दिएकी हुन्।

May be an image of 5 people, people standing, helicopter and outdoors

'याे त अति नै भाे! झुटकाे खेतीमा रमाउने, सत्यकाे खाेजी नगर्ने, अनि हावामा सबै दाैडने! हाे म मेराे श्रीमान माननीय मुख्यमन्त्री सहित हामी (मेरो परिवार सहित एक महिना अघि फागुन १३ गते)मेराे माइती गाउँ गएकाे साँचाे हाे। मेराे श्रीमान पार्टीकाे औपचारिक कार्यक्रममा भाग लिन जानु भएकाे हाे। तर अरुले भने जस्ताे चारवटा हेलिकप्टर लिएर सरकारी पैसा दुरुपयाेग गरेर हाेइन। मेराे परिवार निजी खर्चमा हेलिकप्टर लिएर आफ्नाे गाउँ जानु भयाे तपाईकाे टाउकाे दुखाई किन?'

जाङ्मुले धेरै झुटकाे खेती र धन्दा गर्ने ब्यापार किन गर्नु पर्‍यो भनि प्रश्न पनि उठाएकी छिन।

No description available.

उनले आफ्नो माइती भएकै गाउँमा श्रीमानकाे कार्यक्रम परेको र मुख्यमन्त्री आफ्नाे व्यवस्थापनमा गएको र सँगै आफूहरुपनि गएको स्पष्टिकरण दिएकी छिन।

केही समय अघिमात्रै मोडेल जाङ्मु र मुख्यमन्त्री राईबीच प्रेम बिबाह भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .