समाज


आतंकवादी समूह अल–सबाबले ११ र १२ वर्षका बालकको शिर काटेर गरे हत्या!

आतंकवादी समूह अल–सबाबले ११ र १२ वर्षका बालकको शिर काटेर गरे हत्या!

नेपालखबर
चैत ३, २०७७ मंगलबार १३:२,

अफ्रिकी राष्ट्र मोजाम्बिकमा आतंकवादी समूह आइएससँग सम्बन्धित समूहले ११ र १२ वर्षका बालकको पनि शिर काटेर हत्या गरेका छन्।

बेलायती मानव अधिकारवादी संस्था सेभ द चिल्ड्रेनका अनुसार मोजाम्बिकमा इस्लामिक विद्रोह र द्वन्द्वका क्रममा हजारौंको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन्।

सोही सिलसिलामा आइएससँग सम्बन्धित इस्लामिक उग्रवादी समूहले ११ देखि १२ वर्षका बालबालिकाको पनि हत्या गरेको सेभ द चिल्ड्रेनको भनाइ छ।

द गार्जियनका अनुसार सेभ द चिल्ड्रेनले यस्ता धेरै द्वन्द्वले प्रभावित बनेका परिवारसँग कुराकानी गरेको छ।

जहाँबाट बालबालिकालाई पनि आइएसले शिकार बनाएको विषय थाहा पाउन सकिन्छ।

२८ वर्षकी एल्साका अनुसार आइएसले उनका १२ वर्षका छोराको शिर काटिरहँदा उनी आफ्ना तीन छोराछोरीसँग लुकेर बस्न बाध्य भएका थिए।

किनभने यदि उनी चिच्याएको भए उनीहरु सबैलाई ती आतिवादी समूहले हत्या गर्ने थिए।

यस्तै २९ वर्षकी अमेलियाले पनि आफ्ना ११ वर्षको छोराको हत्या गरेको बताएकी छिन्।

सन् २०१७ यता मोजाम्बिकमा आइएस अतिवादी समूहले तीव्र रुपमा हिंसा मच्चाएका छन्।

बीबीसीका अनुसार त्यस समययता २५ सय जनाको मृत्यु भइसकेको छ साथै सेभ द चिल्ड्रेनका अनुसार हालसम्म द्वन्द्वका कारण त्यहाँका ६ लाख ७० हजार विस्थापित भएका छन्।

आतंक मच्चाउने को हुन्, उनीहरु के चाहन्छन्?

आइएससँग सम्बन्धित लडाकु समुह अल–सबाबले मोजाम्बिकमा हिंसा मच्चाएका हुन्। विशेषगरी काबो देलगाडोका बेरोजगार युवाहरु यस समूहमा आवद्ध छन्।

यी समूहले गतवर्ष एके–४७ अटो राइफल, रकेट बम, ग्रिनेडहरुको तस्बिरहरु सार्वजनिक गरेका थिए। यो समूहले सरकारबाट गरिब तथा मुस्लिमहरु हेपिएको बताउँदै समान आर्थिक हैसियतको माग गरेका छन्।

उनीहरुले रुबी र ग्यास उद्योगबाट हुने फाइदाबाट स्थानीयलाई बन्चित गरिएको आरोप लगाएका छन्। अल–सबाबले देशमा मुस्लिम सरकार हुनुपर्ने पनि माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad