समाज


लागुऔषधसहित दुई भारतीय पक्राउ

लागुऔषधसहित दुई भारतीय पक्राउ

नेपालखबर
चैत ३, २०७७ मंगलबार १३:०,

नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले बाराबाट काठमाडौं आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा लागुऔषधसहित दुई भारतीय नागरिकलाई आज बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी मौहावाका १९ वर्षीय पप्पुकुमार यादव र भारत विहार मोतिहारी बेलाजितपुरका २६ वर्षीय सुवासकुमार यादव रहेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले झोलामा लुकाएर ल्याएको एक हजार ४९० एम्पुल लागुऔषधसहित दुईलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ परेका सुवासकुमार यादवसँग २९५ एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारगन, २९५ एम्पुल नुर्फिन तथा पप्पु यादवसँग २०० एम्पुल डाईजेपाम, २०० एम्पुल फेनारगन र २०० एम्पुल नुर्फिन बरामद गरेको छ।

पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad