दिल्ली–देहरादून शताब्दी एक्सप्रेस रेलमा आज दिउँसो अचानक भीषण आगलागी भएको छ।
तर कुनै किसिमको हताहतीको खबर छैन। सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ। विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ। कान्सरो भन्ने स्थाननजिक यो दुर्घटना भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार रेलमा आगो लाग्नासाथ चालकले इमर्जेन्सी ब्रेक लगाएर जंगलबीचमै रोके र सबै यात्रुलाई बाहिर निकाले। साथै आगलागी भएको रेलको डिब्बलाई अलग गरियो। आगलागी हरिद्वार–देहरादून सेक्सनमा शनिबार दिउँसो करिब १२ बजेर २० मिनेटमा रेलमा आगलागी भएको थियो।
हेर्नुहोस्, भयानक आगलागीको दृश्य :

प्रतिक्रिया