प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुबाहेक यो देशलाई अगाडि बढाउने पार्टी र नेता नभएको दावी गरेका छन्।
शनिबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरका अखिल नेपाल महिला संघले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको बाटोमा देशलाई अगाडि बढाएकै कारण आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको बताए।
‘केपी ओलीलाई हटाउनु प¥यो, विकासको लहर ल्यायो। यसलाई हटाएर तपाईं हामी मिलेर विकास नगर्ने खालको सरकार ल्याउन प¥यो । प्रधानमन्त्री तपाईंले मान्दिनु प¥यो, खाइदिनु प¥यो भनेर विभिन्न ठाउँमा निवेदन हाल्न जान्छन्’, ओलीले भने, ‘हामी कसैकहाँ निवेदन हाल्न जाँदैनौँ। किनभने हामीबाहेक देशलाई नेतृत्व दिने, विकासको बाटोमा आगाडि बढाउने न पार्टी छ न कुनै नेता छ।’
उनले त्यस्तो सोच भएको नेता नै नभएको दावी गरे। उनले कुनै पनि नेताको वक्तव्य र भाषणमा विकासको कुरा सुन्नु भएको छ भनेर प्रश्न गर्दै उनीहरुले आफूलाई धारे हात लगाउने काम मात्रै गरेको बताए।

प्रतिक्रिया