समाज


नुवाकाेटबाट पक्राउ परिन् नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गर्ने रुकमाया

नुवाकाेटबाट पक्राउ परिन् नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गर्ने रुकमाया

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार ७:४२,

भारतको नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी उनलाई नुवाकोट प्रहरीको सहयोगमा मानव बेचविखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

नुवाकोटको दुप्चेश्वर नगरपालिका २ की ६२ वर्षीया चमेली र सीता तामाङ भन्ने रुकमाया तामाङ पक्राउ परेकी हुन्। उनले नयाँ दिल्लीस्थित जीबी रोड ५६ नं गल्लीमा कोठी सञ्चालन गर्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ परेकी तामाङलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको ब्युरोका डीएसपी ढुण्डिराज नेउपानेले बताए।

रुकमायाकी सहयोगीले चितवनमा चिनजानको मानिसको घरमा काम लगाइदिन्छु भन्दै काठमाडौं ल्याएर भारत पु¥याएकी थिइन्। काठमाडौंको कलंकीबाट बसमा चढाई लैजाने क्रममा पानीमा बेहोस हुने औषधि मिसाएर खुवाएको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो।

भारतको नयाँदिल्ली पु¥याएर रुकमायाले सञ्चालन गरेको कोठीमा लगी बिक्री गरेको पाइएको थियो। रुकमायाले पीडितलाई बन्धक बनाई राखी जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्दै ब्युरोमा जाहेरी परेको थियो।

यी घटनामा संलग्न रहेका अन्य प्रतिवादीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारवाही हुने डीएसपी नेउपानेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad