राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधान भारतमा व्यवसायिक बास्केटबल खेल्न शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छन्।
भारतको राजस्थान बास्केबल लिग (आरबीएल) खेल्नका लागि सधिश आज दिउँसो साढे २ बजे त्यसतर्फ जानेछन्।
आयोजकको निमन्त्रणमा भारत जान लागेका सधिसले कुन टोलीबाट खेल्ने भन्ने बारेमा भने कुनै टुङ्गो लागेको छैन।
नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘केही दिनमा खेलाडीहरुको छनोट हुनेछ, मलाई ड्राफ्टमा राखिएको छ, केही दिनमा टोलीको टुङ्गो लाग्नेछ।’

उनले भने, ‘मलाई आयोजकले बोलायो, हाम्रो लागि राम्रो अवसर हो भनेर स्वीकार गरेँ म पहिलो पटक जानलागेको हुँ। यसले आगामी दिनमा अन्य खेलाडीको लागि पनि ढोका खुल्नेछ।’
दोस्रो संस्करणको आरबीएलमा ६ टोलीको सहभागिता रहनेछ। लिग चैतको ९ गतेसम्म चल्नेछ।
यसअघि सधिसले बगंलादेशमा बास्केटबल लिग खेलेका थिए। सधिशसँगै विनोद महर्जन र विक्रम जोशीले सन् २०१० देखि २०१५ सम्म बंगलादेशमा खेलेका थिए।
गत वर्ष स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सधिशकै कप्तानीमा नेपालले रजत पदक जितेको थियो।
Shares

प्रतिक्रिया