समाज


काम गर्ने क्रममा लड्दा कोरियामा एक नेपालीको मृत्यु

काम गर्ने क्रममा लड्दा कोरियामा एक नेपालीको मृत्यु

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार ३:२०,

दक्षिण कोरियामा भएको दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ।

बागलुङको गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा मृत्यु भएको हो। घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका छन्।

दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए। लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो। अस्पताल पुग्नासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।।

हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ। मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad