समाज


सुदूरपश्चिम प्रहरी प्रमुख भन्छन् : अवरोध नभएको भए निर्मलाका अपराधी पत्ता लागिसक्थे

सुदूरपश्चिम प्रहरी प्रमुख भन्छन् : अवरोध नभएको भए निर्मलाका अपराधी पत्ता लागिसक्थे

नेपालखबर
फागुन २३, २०७७ आइतबार १४:१२,

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्तका हत्यारा अनुसन्धानपछि छिट्टै कानूनीमा दायरमा ल्याइने बताएका छन्।

समुदायसँग प्रहरी साझेदारी कार्यक्रमको सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा बालिका पन्तको बलात्कारपछि हत्याको पत्ता नलाग्नु स्थानीयवासीले नै अनुसन्धानमा सहयोग नगरेकाले अपराधीलाई कानूनी दायरामा ल्याउन नसकिएको बताए।

बैतडीकी १७ वर्षीया बालिका भागरथी भट्टको स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र आफन्तको सहयोगले अपराधी पक्राउ गर्न प्रहरी सफल भएको प्रदेश प्रहरी प्रमुख सुवेदीले बताए।

पछिल्लो समयमा अपराधिक क्रियाकलाप बढ्दै गएकाले न्यूनीकरणका लागि स्थानीयस्तरका समुदाय र पीडित पक्षको सहयोग आवश्यक रहेको प्रदेश प्रमुख सुवेदीको भनाइ छ। बलात्कार, हत्या र अन्य हिंसाका घटनामा प्रायः १६ वर्षदेखि २५ वर्षका व्यक्तिहरु नै संलग्न हुने गरेको महानिरीक्षक सुवेदीले स्पष्ट पारेका छन्।

समुदायमा प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी र समुदायका व्यक्तिलाई अपराधका बारेमा जनचेतना दिनका लागि समन्वय र सहकार्य गर्दै जानुपर्नेमा प्रदेश प्रहरी प्रमुख सुवेदीले जोड दिएका छन्। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाजुराको संयुक्त आयोजनामा गरिएको सरोकारवाला निकायसँगको अन्तरक्रियामा सुवेदीले बलात्कार, हत्या, लैङ्गिक हिंसा र आत्महत्याका घटना सामाजिक सञ्जालको दुरुपयोका कारणले हुने गरेको जिकिर गरेका छन्।

बलात्कार, हत्यालगायत अपराध आफन्त र समुदायका चिनजानका व्यक्तिबाट हुने गरेको सुवेदीले बताए। उनले ८० प्रतिशतभन्दा बढी आफन्तले आफन्तलाई हत्या गरेको तथ्यांक प्रहरीसँग रहेको बताउँदै महिला हिंसाका घटना बलात्कार ६४ प्रतिशत भन्दा बढी १८ वर्ष मुनिका बालबालिका पीडित भएको जनाए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad