यही फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास (बालुवाटार) मा आफ्नो ७०औं जन्मदिन मनाइरहेका थिए। तर त्यही दिन सर्वाेच्च अदालतले संसद् विघटनको निर्णय उल्ट्याइदियो अर्थात् प्रधानमन्त्री ओलीको हार भयो।
जसलाई सामाजिक सञ्जाल तथा सञ्चामाध्यमले लेखे- ‘यसपालि ओलीले जन्मदिनमै पाए ऐतिहासिक हार अर्थात् कहिल्यै नबिर्सने उपहार !’
याे पनि : सात वर्षयता लगातार जित्दै आएका ओलीको जन्मदिनमै ऐतिहासिक पराजय
ठीक त्यसैगरी आज पूर्वप्रधानमन्त्री एवं प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालको ६९औं जन्मदिन हो। सामाजिक सञ्जाललगायत माध्यमबाट उनलाई अहिले शुभकामना दिने सिलसिला चलिरहेको छ।
संयोग ! आजै सर्वाेच्च अदालतले नेकपा सम्बन्धमै एउटा महत्वपूर्ण फैसला सुनाएको छ। जुन नेता नेपालका लागि निकै अप्रिय खबर हो। किनकि अदालतले उनीहरूको पार्टी नेकपालाई अवैधानिक (निर्वाचन आयोगमा दर्ताका हिसाबले) ठहर गर्दै ऋषि कट्टेलको नेकपालाई मान्यता दिएको छ।
यसैकारण अहिले सामाजिक सञ्जालमा लेख्न थालिएको छ– ‘फागुन ११ गते ओलीलाई, आज फागुन २३ गते माधव नेपाललाई सर्वाेच्च अदालतले ऐतिहासिक उपहार दियो।’
सर्वाेच्च अदालतको अघिल्लो फैसला नेपालका लागि खुसीको कुरा थियो भने ओलीका लागि पीडादायी। ठीक त्यसैगरी आजको फैसला ओलीका लागि हर्षको विषय बनेको छ भने नेपालका लागि विस्मात् !
किनकि फागुन ११ गतेको फैसला ओलीले चालेका कदमको पराजय (संसद् विघटन बदर) थियो भने आजको फैसला नेपाल अध्यक्ष रहेको दलको दर्ता नै अमान्य !
प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेपछि गत पुस ५ यता दुई खेमामा विभाजित नेकपाका प्रचण्ड–नेपाल र ओली दुवै समूहले यो दलको आधिकारिता दाबी गरिरहेका थिए। त्यसका लागि निर्वाचन अयोगमा आफ्ना अध्यावधिक प्रमाण पेस गरिरहेका थिए।
तर ओली पक्ष अल्पमतमा थियो भने प्रचण्ड–नेपाल बहुमतमा। यसको अर्थ दलको आधिकारिता यही पक्षले पाउने सम्भावना थियो। यस्तो अवस्थामा सर्वाेच्च अदालतले नेकपको दर्ता नै अमान्य बताएपछि स्वाभाविक रूपमा ओली पक्ष खुसी भएको छ भने प्रचण्ड–नेपाल पक्ष दुःखी।
याे पनि :

प्रतिक्रिया