समाज


५० हजार घुससहित सव-इन्जिनियर पक्राउ

५० हजार घुससहित सव-इन्जिनियर पक्राउ

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १२:१७,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु ५० हजार घुस लिएको आरोपमा आज वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट एक कर्मचारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वाग्मती प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजनामा कार्यरत सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने रहेका छन्।

टोलीले हेटौँडा–स्थित पर्यटन विकास आयोजनामा परिसरबाटै रु ५० हजारसहित लामिछानेलाई पक्राउ गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

लामिछानेले धादिङ जिल्लाको खनियाँवासमा आव २०७५/०७६मा निर्माण गरिएको पर्यटन पदमार्गको धरौटी रकम फिर्ता गर्ने कामको शिलशीलामा सेवाग्राहीसँग रकम लिएको आरोप छ। धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम मागेको सूचनाको आधारमा पुगेको अख्तियार टोलीले हेटौंडा–४ स्थित कार्यालय परिसरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ।

चितवनको माडी नगरपालिका स्थायी घर भएका ४० वर्षीय लामिछाने एक वर्षदेखि पर्यटन विकास आयोजनाका कार्यरत कर्मचारी हुन्। लामिछानेको धादिङ, चितवन, रसुवा र नुवाकोट कार्यक्षेत्र रहेको पर्यटन विकास आयोजनाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad