साढे ४ वर्षपछि भारतको बिहारमा रक्सीकाण्डमा ठूलो सजायको फैसला भएको छ।
गोपालगन्जस्थित अदालतले खजुरबानी विषाक्त रक्सीकाण्डका ९ दोषीलाई फासीको सजाय सुनाएको हो। अन्य ४ महिलालाई आजीवन जेल सजाय सुनाइएको छ।
गोपालगन्जको एडीजे २ को अदालतले यो सजाय सुनाएको हो। अदालतले आफ्नो फैसलामा कुल १३ दोषीमध्ये ९ जनालाई मृत्युदण्ड र बाँकी ४ महिलालाई आजीवन कैदको फैसला गरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार यो सजाय सुनाउँदा अदालत परिसरमा दोषीका परिवारजन डाका छाडेर रोएका थिए।
२०१६ अगस्ट १६ मा गोपालगन्ज नगर थानास्थित खजुरबानीमा विषाक्त रक्सी पिउँदा १९ जनाको मृत्यु भएको थियो भने ६ जनाको दृष्टि गुमेको थियो।

प्रतिक्रिया