वीरगञ्जमा शुक्रबार साँझ बम विष्फोट हुँदा ३ जना घाइते भएका छन्।
वीरगञ्ज महानगरपालिका–४, विर्ता बजारमा स्थानीय मिठु शंकरको कागती पसलमा विस्फोट भएको स्थानीयले जनाएका छन्।
विस्फाेटमा परी घाइते तीनै जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। विस्फोटक पदार्थ माल्टा पटाका हुनसक्ने प्रहरीले आशंका गरेको छ।

प्रतिक्रिया