छापा खबर


रमण-पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस

रमण-पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस

नेपालखबर
साउन २५, २०७६ शनिबार ०:२४,

सार्वजनिक खरिद अनुगमनको कार्यालयले रमण–पप्पु जेभीलाई नयाँ खरिद प्रक्रियामा रोक लगाएको छ।

हुलाकी सडक निर्देशनालयले रमण–पप्पु जोइन्ट भेन्चर (जेभी) लाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद कार्यालयले सूचना जारी गर्दै तत्कालका लागि यो जेभीलाई नयाँ ठेक्कामा रोक लगाएको हो।

 निर्देशनालयले असार २० मा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै यो जेभीलाई कालोसूचीमा राख्न भनेको थियो।

कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएकाले तत्काल कुनै पनि नयाँ ठेक्का लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन्।

‘निर्माण व्यवसायीको कालोसूचीसम्बन्धी कारबाही प्रक्रिया यस कार्यालयबाट टुंगो नलागेसम्म सार्वजनिक निकायको नयाँ खरिद कार्यमा भाग लिन नपाउने गरी रोक लगाइएको छ,’ कार्यालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ।

कार्यालयले साउन २० गते नै कालोसूचीसम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ९२० बमोजिम प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।

असार २० गते निर्देशनालयले कालोसूचीमा राख्न सिफारिस गरेपछि असार २२ गते यो जेभीले सर्वोच्चमा रिट दर्ता गराएको थियो । कालोसूचीमा नराख्न अन्तरिम आदेश माग गर्दै जेभीको तर्फबाट मनोजकुमार यादवले दर्ता गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

उक्त कन्स्ट्रक्सनले चितवनको भरतपुर महानगरपालिका २८ स्थित गोलाघाटमा नारायणी नदीमा पुल बनाउने ठेक्का लिएको थियो । २०६९ असार २५ गते ठेक्का सम्झौता भई ०७३ असार २४ मा सक्नुपर्ने थियो।

सम्झौताअनुसार काम नभएपछि ठेक्का तोड्दै कालोसूचीमा राख्न हुलाकी सडक निर्देशनालयले सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पत्र पठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad