पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको राजधानी दिल्लीको हरियालीयुक्त सहर देखाउँदै काठमाडौंवासीलाई प्रश्न गरेका छन्।
उपचारका क्रममा डा. भट्टराई केही दिनदेखि दिल्लीमा छन्।
त्यस क्रममा उनले त्यहाँको हराभरा सहरको तस्बिर सामाजिक सञ्जालमा राख्दै काठमाडौंलाई यस्तो बनाउनेबारे कहिले सोच्ने भनेर प्रश्न गरेका हुन्।
अंग्रेजको पालादेखि बनेको नयाॅ दिल्लीको यो हरियालीयुक्त शहरीकरण (जुन विश्वका अरू ठूला शहरमा पनि पाइन्छ) बाट काठमाण्डौले कहिले सिक्नेहोला! शहर भनेको रूखपात र खुला ठाउॅ सहितको आधुनिक सुविधायुक्त ठाउॅ हो भन्ने हामीले कहिले बुझ्ने?अब पनि नचेते केही बर्षमा काठमाण्डौ बस्नयोग्य हुन्न है! pic.twitter.com/Ht8eyPs7Gd
— Baburam Bhattarai (@brb1954) February 26, 2021
प्रतिक्रिया