समाज


दुई कराेड माग्दै गाउँपालिका अध्यक्षलाई ज्यानमार्ने धम्की दिएका थिए मिलनले

दुई कराेड माग्दै गाउँपालिका अध्यक्षलाई ज्यानमार्ने धम्की दिएका थिए मिलनले

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ७:४६,

शुक्रबार प्रहरीले काठमाडौँको स्वयम्भूस्थित बिजेश्वरीमा प्रहरीले गोली प्रहार गरी लोप्साङ लामा भन्ने मिलन तामाङलाई पक्राउ ग¥यो।

यसअघि काठमाडौँमा कुनै अपराधमा नाम नसुनिएका तामाङलाई महानगरीय अपराध महाशाखाको टोलीले घुँडामुनि दुई राउन्ड गोली प्रहार गरेर पक्राउ गरेपछि मिलन को हुन भन्ने बारेमा खोजी सुरु भयो।

रामेछाप मन्थली नगरपालिकाका तामाङ रामेछापकै लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासँग दुई करोड फिरौती रकम माग्दै ज्यान मार्ने धम्की दिएपछि उनलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको हो।

लुटपाट र गुण्डागर्दीमा संलग्न रहँदै आएका मिलन विजेश्वरी हाउजिङमा बस्दै आएका थिए। उनले फोनमार्फत अध्यक्ष खड्कालाई पटक पटक फिरौती रकम माग्दै नदिए ज्यान मार्ने धम्की दिएका थिए।

के भन्छन् अध्यक्ष खड्का?

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले मिलनले आफूलाई फोनमार्फत धम्क्याउँदै आएको बताए।

मिलनसँग आफ्नो व्यक्तिगत सम्बन्ध र कुनै रिसिइवी नरहेको उनले बताए। गाउँपालिका वैशाख १३ गते गाउँसभामा वडा नम्बर ७ का वडाध्यक्षसँग विवाद भएपछि आफूलाई धम्की आउन सुरु गरेको उनको भनाइ छ।

‘वैशाख १३ गतेका गाउँसभामा केही विषयलाई लिएर ७ नम्बर वडाका अध्यक्ष सुवास बोहोरासँग विवाद भएको थियो’, उनले भने , ‘त्यसको केही दिनपछिबाट मलाई धम्की आउन सुरु गरेको हो। उनले आफूलाई धम्क्याउने योजना मिलनको नभइ वडाध्यक्ष बोहोराको भएको आरोप समेत लगाए।उनले भने, ‘गाउँसभामा विवाद हुँदा पनि यिनीहरुलाई प्रयोग गरिएको थियो’, उनले भने, ‘प्रहरीले रोकेका कारण कुनै अप्रिय घटना हुन पाएन।’

अध्यक्ष खड्काले सुरुमा आफूलाई फोन गरेर दुई करोड रकम माग गरिएको र पछि नदिए परिवारका सदस्य र आफूलाई समेत हत्या गर्ने धम्की आउन थालेको बताए।

‘फोनमार्फत धम्क्याउने मिलनसँग मेरो कुुनै सम्बन्ध छैन। गाउँसभाको विवादपछि उसले फोनमा धम्क्याउन थालेको हो’, अध्यक्ष खड्काले भने, ‘रकम नदिए तलाई मार्छु छोराछोरी मार्छु भनेपछि प्रहरीकोमा पुगेको हुँ।’

उनले अपराधिलार्य गोली नै प्रहार गरेर भए पनि समाउन सफल भएको भन्दै प्रहरीलाई धन्यावाद दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad