समाज


भारतमा टिपरको ठक्करबाट नेपाली दम्पतीको मृत्यु

भारतमा टिपरको ठक्करबाट नेपाली दम्पतीको मृत्यु

नेपालखबर
फागुन १०, २०७७ सोमबार १५:११,

भारतको हैदरावादमा टिपरको ठक्करबाट नेपाली दम्पतीको मृत्यु भएको छ।

स्वर्गद्वारी नगरपालिका तापा–७ प्युठान घर भई हाल दाङ भालुवाङको पिपरीमा बसोबास गर्दै आएका भीमलाल भण्डारी र मीनादेवी भण्डारीको मृत्यु भएको हो।

आइतबार राति ११ः४० बजे आफूले काम गर्ने चाइनिज रेस्टुरेन्ट बन्द गरी घर फर्कने क्रममा टीएस०८ यूई ०३४६ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको थियो।

गत नौ वर्षदेखि चाइनिज फास्टफुड चलाउँदै आएका निजका दुई छोराहरू सुजन भण्डारी १३ वर्षका र सुमन मण्डारी नौ वर्षका रहेका छन्।

दुर्घटना गराउने टिपर र चालकलाई पक्राउ गरिएको छ भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा मृतकका परिवारलाई क्षतिपुर्ती दिलाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको मूल प्रवाहले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad