समाज


यी पाँच सरकारी कार्यालय जहाँ सूचना अधिकारी नै छैनन्

यी पाँच सरकारी कार्यालय जहाँ सूचना अधिकारी नै छैनन्

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ६:१७,

जाजरकोटका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेला परेको हो।

सूचना अधिकारी नै भएका कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत् जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट अस्पताल तथा स्वास्थ्य कार्यालयमा सूचना अधिकारी नभएको पाइएको छ।

सङ्घीय सरकारको मातहतमा रहेका पाँच कार्यालय, प्रदेश मातहतका छ र अन्य दुई कार्यालयमा अनुगमन गरिएको थियो। अनुगमन गरिएका कार्यालयमा २३ कर्मचारी कार्यालयमा उपस्थित नभएको पाइएको प्रजिअ बस्नेतले बताए। तोकिएको पोशाक नलगाउने कर्मचारीको सङ्ख्या ३० रहेको छ।

नागरिक बडापत्र नभएका कार्यालय ११, सूचना अधिकारी, नाम, पद र फोन नम्बर टाँस नगरिएका कार्यालयको सङ्ख्या नौ, धूम्रपान, मद्यपान निधेष भनी नलेखिएको कार्यालय सङ्ख्या १०, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ’ भन्ने भनाइ नलेखिएको कार्यालयको सङ्ख्या नौ रहेको प्रजिअ बस्नेतले बताए।

कर्मचारीले पोशाक भत्ता बुझे पनि पोशाक नलगाउने, परिचयपत्र साथमा नराख्ने र तोकिएको समयमा कार्यालय नआउने गुनासो बढेपछि जिल्लाका सरकारी कार्यालय अनुगमन गरिएको प्रजिअको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad