समाज


इराकबाट ४६ कुवेतीको शव फिर्ता

इराकबाट ४६ कुवेतीको शव फिर्ता

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ६:३२,

कुवेतलाई कब्जा गर्न भएको इराकी अतिक्रमणका क्रममा इराकमा बेपत्ता पारिएका ४६ जना कुवेती नागरिकको शव बिहीबार कुवेतलाई फिर्ता गरेको छ।

उनीहरु सन् १९९१ मा कुवेतमाथि भएको इराकी हस्तक्षेप र अमेरिकी अग्रसरतामा भएको युद्धका क्रममा बेपत्ता भएका थिए।

इराकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी इराकी अधिकारीहरुले रेडक्रसको सहयोगमा इराकमा बेपत्ता भएका तर इराकमै मारिएका कुवेतीको अवशेष फिर्ता गरिएको उल्लेख गरेको छ।

इराकले बेपत्ता कुवेतीसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न चाहेको पनि विदेश मन्त्रालयले जनाएको छ।

युद्धका समयमा बेपत्ता भएका कुवेतीहरुको खोजी गर्न गठित टोलीले इराकको दक्षिणी मुथान्ना प्रान्तमा गत मार्च ६ मा सामूहिक चिहान फेला पारेको थियो। मन्त्रालयको वक्तव्यमा विस्तृत अध्ययनबाट उक्त चिहानमा फेला पारेका व्यक्तिहरुका अवशेष कुवेती नागरिकको रहेको प्रमाणित भएको उल्लेख छ।

सञ्चार माध्यमहरुले सामूहिक चिहानमा फेला परेका व्यक्तिका अवशेषहरु सन् १९९१ को खाडी युद्धका कुवेती युद्धबन्दी रहेको बताएका थिए। मन्त्रालयको वक्तव्यमा भनिएको छ – इराकमा बेपत्ता कुवेतीको खोजीमा इराकले कुनै कसर बाँकी राख्ने छैन।

सन् १९९१ देखि नै कुबेती युद्धबन्दीको खोजी र हस्तान्तरणमा इराकी रेडक्रसले गरेको सहयोगप्रति इराक सरकारले धन्यवाद पनि दिएको छ। इराकका लागि कुवेती राजदूत सलिम अल–जमानानले दुई देशबीच सुल्झन बाँकी मुद्दाहरुलाई सम्बोधन गर्न इराकी सरकारले देखाएको तत्परताप्रति आभार व्यक्त गर्नुभएको छ। इराकमा बेपत्ता कुवेती नागरिकको खोजीमा भएको प्रगति निकै उत्साहजनक रहेको कुवेतको भनाई छ।

कुवेतले खाडी युद्ध पश्चात् झण्डै ६०० कुवेती नागरिक बेपत्ता रहेको बारम्बार दाबी गरिरहेको छ। अमेरिका समेतका गठबन्धन सेनाको सहयोगमा सन् १९९१ मा इराकी सैनिकको कब्जाबाट कुवेत स्वतन्त्र भएको थियो। रासस(सिन्ह्वा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad