मोरङ कटहरी गाउँपालिका २ का ३३ वर्षीय धनिराम चौधरी, ३७ वर्षीय मनराज शेख र २३ वर्षीय कैलाश मण्डल लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन्।
आइतबार दिउँसो साढे ३ बजे कटहरी गाउँपालिका ४ स्थित चमराही चौकबाट लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
प्लास्टिकले बेरिएको अवस्थामा खैरो हिरोइन आठ ग्राम र डिजिटल काटा थान १ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
त्यस्तै सिराहा मिर्चैया नगरपालिका ६ बस्ने २८ वर्षीय ब्रमदेव यादव लागूऔषध डायलेक्स–डीसीसहित पक्राउ परेका छन्।
हिजो साँझ साढे ५ बजे यादवलाई स८प ४५३७ नम्बरको मोटरसाइकलमा मिर्चैयाबाट कटारी जादै गरेको अवस्थामा कटारी नगरपालिका १ चुरेस्थित जंगलमा प्रहरी टोलीले चेकजाँच गर्दा २७ थान डायलेक्स–डीसीसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

प्रतिक्रिया