पाकिस्तानले भारतसँग वार्ताको वातावरण बनाइदिन भन्दै अमेरिकासँग गुहार मागेको छ।
पाकिस्तानी पत्रिका डनका अनुसार अमेरिकामा रहेका पाकिस्तानी राजदूत असद मजिद खानले वासिङ्टनको एक थिंक ट्यांक स्टिम्सन सेन्टरको कार्यक्रममा उक्त आग्रह गरेका हुन्।
उनले भने, ‘पाकिस्तान शान्तिपूर्ण छिमेकी चाहन्छ। जुन कुरा भारतमा निर्भर छ।’
राजदूत खानले अगाडि भने, ‘हामी अमेरिकासँग आग्रह गर्छौं कि यसमा भूमिका निर्वाह गरिदेऊ।’

प्रतिक्रिया