आज (शुक्रबार) बेलुकादेखि वाग्मती, नारायणी,कर्णाली र महाकाली नदीमा बहाव सामान्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै सिन्धुपाल्चोक,दोलखा,रामेछाप,सिन्धुली,रसुवा,गोरखा,लमजुङ,अछाम, डडेलधुरा,बैतडी,दार्चुला, बझाङ,डोटी भई बहने केही ससाना नदीमा पनि बहाव बढ्ने महाशाखाले शुक्रबार बिहान जारी गरेको सूचनामा उल्लेख छ।
उल्लिखित जिल्लाबाट बहने नदीका जल सतह भोलि शनिबार बिहान सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

प्रतिक्रिया