झापाको कमल गाउँपालिका-१ मा चिर्पटले हानेर आफ्नै छोराले आज (शुक्रबार) बिहान बुबाको हत्या गरेका छन्।
झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पटले हानेका हुन्।
चिर्पट प्रहारबाट ७० वर्षीय सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुबाको हत्या गर्ने ३० वर्षीय प्रकाशलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया