बैंकिङ कसुर मुद्दामा दोषी ठहर एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौंको महाराजगञ्ज बस्ने वर्ष ४९ का सुधिर श्रेष्ठ रहेका छन्।
श्रेष्ठलाई पाटन उच्च अदालतबाट सात दिन कैद र २१ लाख ५० हजार रूपैयाँ जरिवाना हुने ठहर भएको थियो।
भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष धनकुमार राईको जाहेरीले श्रेष्ठविरुद्ध बैंकिङ कसूर मुद्दामा अदालतले गत पुस २९ गते सो फैसला गरेको हो।
उक्त सजाय वेरुजु रही फरार रहेका निज प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले आइतबार ठमेलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। फैसला कार्यान्वयनको लागि उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
श्रेष्ठले २०७५ साल जेठ ७ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्तानी गर्नका लागि नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक काटी दिएका थिए।
Shares

प्रतिक्रिया