नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका गल्तीको साक्षी अदालत नबस्ने बताएका छन्।
आइतबार नवलपासी पूर्व हुप्सेकोट गाउँपालिकाद्वारा आयोजित सभामा बोल्दै नेता थापाले अहिले प्रधानमन्त्रीको गल्तीको परीक्षण सर्वोच्च अदालतमा भइरहेको बताए।
‘अहिले अदालतमा प्रधानमन्त्री ओलीको गरेको संसद विघटन सही छ कि गलत भनेर परीक्षण भइरहेको छ’, थापाले भने, ‘मलाई लाग्छ प्रधानमन्त्रीको गल्तीको साक्षी अदालत बस्दैन।’ उनले न्यायालयबाट संविधानसम्मत फैसला आउनेमा आफूहरु विश्वस्त रहेको बताए।
उनले प्रधानमन्त्री आफैँ सडकमा ओर्लेर टोले गुण्डाजस्तो अदालतलाई धम्क्याउँदै हिँडेको बताए।
ओलीले हिजो विराटनगरमा गएर अदालतलाई सडकबाट धम्क्याए,’ थापाले भने, ‘केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा हुन्?’ उनले प्रधानमन्त्रीले सडकमा जुलुस लिएर हिँड्ने घटना संसारकै दुर्लभ भएको बताए।

प्रतिक्रिया