भारतमा साढे ७ हजारभन्दा बढी प्रकारका कोरोना भाइरस रहेको त्यहाँका वैज्ञानिकले बताएका छन्।
हैदराबादस्थित सीसीएमबीका वैज्ञानिकले ६ हजार १७ जिनोम स्विकेन्सिङ गर्दा ७ हजार ६८४ किसिमका भाइरस रहेको पत्ता लागेको दाबी गरेका हुन्।
यीमध्ये सबैभन्दा बढी प्रकारका भाइरस दक्षिणी राज्यमा रहेको उनीहरूको भनाइ छ। यस्तै तेलगंगनामा ९७८ तथा आन्ध्र प्रदेशमा २९६ प्रकारका भाइरस फेला परेको भारतीय वैज्ञानिकले बताएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार देशका २२ राजइका ३५ वटा प्रयोगशालाबाट नमुना जम्मा पारी वैज्ञानिकले जिनोम स्विक्वेन्सिङ गरेका थिए।
हैदरबादस्थित सीएसआईआर कोशिकीय एवं आणविक विज्ञान केन्द्र (सीसीएमबी) का निर्देशक डा. राकेश मिश्राले भने, ‘भारतमा अहिलेसम्म ७ हजारभन्दा बढी स्वरूपका कोरोना फेला परेका छन्। तीमध्ये केही निकै संक्रामक र घातक छन्। यसका लागि छुट्टै अध्ययनको आवश्यकता छ।’
उनका अनुसार भारतको दक्षिणी राज्यमा कोरोना फैलिनुको कारण यही स्वरूपका भाइरस हुन सक्छ।
उनी भन्छन्, ‘तर पनि विश्वका अन्य देशमा कोरोनाका जति स्वरूप फेला परेका छन्, त्यसको तुलनामा भारतमा देखिएको एकदमै कम हो।’
Shares

प्रतिक्रिया