समाज


सर्लाहीबाट काठमाडौं आउँदै गरेको रात्रि बस त्रिशूलीमा खस्यो

सर्लाहीबाट काठमाडौं आउँदै गरेको रात्रि बस त्रिशूलीमा खस्यो

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ०:२८,

सर्लाहीबाट काठमाडौं आउँदै गरेको रात्रि बस आज (शुक्रबार) बिहान त्रिशूली नदीमा खसेको छ। दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १४ यात्रुको उद्धार गरिएको छ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राकुमार वैद्यबारका अनुसार सर्लाहीको सदरमुकाम मलंगवाबाट राजधानी काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटबाट बिहान सवा ३ बजेतिर त्रिशूली नदीमा खसेको हो।

घटनामा तीन जनाको मृत्यु भएको र १४ जनाको उद्धार गरिएको  एसपी वैद्यबारले नेपालखबरलाई जानाकारी दिए।

‘अहिले म घटनास्थलमै छु,’ टेलिफोनमा उनले भने, ‘मृतकको नाम अहिले दिन सक्ने अवस्थामा छैन, अरू यात्रु कति थिए भन्ने विषयमा सर्लाही प्रहरीसँग सम्पर्क गरिरहेका छौं।’
बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ।

अहिले घटनास्थलमा प्रहरी, उद्धार टोलीसहितको प्रहरी र स्थानीयले उद्धार गरिरहेको  एसपी वैद्यबारले बताए।

त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad