राजनीति


कस्मिर स्वतन्त्रताको आन्दोलन भाजपा सरकारले थाम्न सक्दैनः पाकिस्तान

कस्मिर स्वतन्त्रताको आन्दोलन भाजपा सरकारले थाम्न सक्दैनः पाकिस्तान

नेपालखबर
साउन २३, २०७६ बिहिबार १८:१३,

बिहीबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको लागि संवोधन गरिरहँदा पाकिस्तानको टिप्पणी आएको हो।

पाकिस्तानी प्रधानमन्त्री खानले जम्मु कस्मिरको विषयमा अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप गर्नुपर्ने अपिल गरेका छन्।

खानले ट्वीटमा भनेका छन्,‘पुरा विश्व पर्खेर बसिरहेको छ कि भारत नियन्त्रित कस्मिरबाट कफ्र्यु हटोस् र पत्ता लागोस् कि उत्पीडित कस्मिरी जनतालाई के भएको छ। के भाजपा सरकार यो सोच्छ कि कस्मिरीविरुद्ध भारी सुरक्षा बल तैनाथ गरेर स्वतन्त्रताको आन्दोलन रोकिन्छ? आन्दोलन झन बढ्नेछ।’

जम्मु कस्मिर मुसलमान बाहुल्य रहेको भारत प्रशासित क्षेत्र हो। धारा ३७० हटाएर भारतले त्यहाँका मुसलमान विस्थापित गर्ने योजना बनाएको पाकिस्तानी बुझाइ छ।

खानले दोस्रो ट्वीटमा भनेका छन्,‘यो स्वभाविक हो कि अन्तर्राष्ट्रिय समुदाय भारतको कब्जामा भएको कस्मिरमा हुने नरसंहारको प्रत्यक्षदर्शी बन्नेछ। सवाल यो छ कि हामी अर्को फासीवादको प्रत्यक्षदर्शी बन्नेछौं, जुन यसपटक भाजपा सरकारको अनुहारमा छ, के अन्तर्राष्ट्रिय समुदाय यसलाई रोक्न नैतिक साहस देखाउँछ?’

भारतको विदेशमन्त्रालयले बिहीबार अपरान्ह धारा ३७० को विषय नितान्त आन्तरिक मामला भएको प्रतिक्रिया जनाएको थियो।

बुधबार पाकिस्तानले भारतसँग यसै विषयमा असन्तुष्टि व्यक्तगर्दै कुटनीतिक सम्बन्ध कम गर्ने र व्यापारिक सम्बन्ध तोड्ने घोषणा गरेको थियो। भारतले बिहिबार उक्त निर्णय फिर्ता लिन आग्रह गरेको छ।

पहिले स्वायत्त रहेको जम्मु कस्मिर भारतले पुनर्गठन गरेर केन्द्र प्रशासित बनाएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad