समाज


पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

नेपालखबर
साउन २३, २०७६ बिहिबार १४:५७,

पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला ६ लाख ७५ हजार घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोइरालालाई बिहीबार साँझ दरबारमार्गको शेर्पा मलबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो।

कोईरालाले विद्यार्थीलाई पास गराइीदएवापत घूस रकम असुलेको बताइएको छ। विद्यार्थीहरूको समस्या समाधान गरे बापत कोइराला बिराटनगरबाट काठमाडौं रकम लिन आएका थिए।
काम गरिदिने भन्दै रकम मागेर आजित भएका विद्यार्थीहरूले कोइराला बिरूद्व उजुरी गरेपछि अख्तियारको स्ट्रिङ अप्रेशन टोली अनुसन्धानमा जुटेको थियो।

 घुस रकमसहित रंगेहात पक्राउ परेका कोइरालालाई अख्तियारले टंगालस्थित हिरासतमा राखेको छ। उनी बिरूद्व थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .