फिल्म ‘रातो टिका निधारमा’ को पहिलो गीत बिहीबार राजधानीमा सार्वजनिक गरिएको छ। रोमान्टिक गीतमा डेब्यु ब्वाई अंकित शर्मा र सम्राज्ञी शाह फिचर्ड छन्।
निर्माता तथा निर्देशक अशोक शर्माले फिल्मको रणनीति अनुसार नै रोमान्टिक नम्बर सार्वजनिक गरेको बताए। सार्वजनिक ‘मेरो माया के हो’ बोलको गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ। यसलाई कल्याण सिंहले कम्पोज गरेका हुन् भने रवि मल्लको शब्द रहेको छ। गीतलाई वसन्त श्रेष्ठले कोरियोग्राफ गरेका हुन्।
‘अल्लारे’ मा समावेश अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फिचर्ड चर्चित गीत ‘रातो टीका निधारमा’ लाई यस फिल्ममा रि–एरेञ्ज गरिएको छ। जसलाइ निर्माण पक्षले केही दिनपछि सार्वजनिक गर्नेछ।
किरण शर्मा र कृति शर्माले निर्माण गर्ने यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेकोछ। फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेकाछन्। यसमा कल्याणसँगै शम्भुजित बाँस्कोटाको पनि संगीत रहेको छ। बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहेको छ।
प्रतिक्रिया