समाज


हिमपातले ताप्लेजुङ सेताम्मे

हिमपातले ताप्लेजुङ सेताम्मे

नेपालखबर
फागुन ५, २०७७ बुधबार ५:१,

गए राति ताप्लेजुङको विभिन्न ठाउँमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। मंगलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सासहित ठाउँमा चिसो बढेको स्थानीय पेमा शेर्पाले जानकारी दिए।

रातभर हिमपात हुँदा अहिले गाउँमा करिब एक फिटसम्म हिउँ जमेको शेर्पाले बताए ‘सबैतिर सिसाजस्तै हिउँ जमेको छ,’ शेर्पाले भने, ‘पानीका मुहान सबै जमेपछि खानेपानीसमेत समस्या भएको छ। चिसोका कारणले घर बाहिर निस्किनै सकिँदैन । घरभित्र आगो तापेर बसेका छौँ।’

चौँरी र गाईवस्तु हिउँ कम पर्ने ठाउँमा झारिएको फले निवासी लाक्पा भोटियाले बताए। घुन्सागाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्छ। समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला र समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा याङमा गाउँ छ।

यी बस्तीमा शुक्रबार बेलुकीदेखि अहिलेसम्म बाक्लो हिउँ परिरहेको फक्ताङलुङ गाउँपालिका–६ निवासी मनुकुमार राईले बताए। हिमाली क्षेत्रका समुदाय हिमपातले प्रत्यक्ष प्रभावित भएका छन्।

सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनमा हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीयवासी कमल राईले बताए।

मिक्वाखोला गाउँपालिका पापुङ क्षेत्रमा पनि शुक्रबारदेखि आज रातभरि हिमपात भएको रिङ शेर्पाले जानकारी दिए। यतिबेला ताप्लेजुङ जिल्ला हिउँले सेताम्मे भएको छ। ताप्लेजुङमा बुधबार बिहान न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad