समाज


चीनमा कोरोनाको खोप भन्दै सलाइन पानी बेचेर लाखौं डलर कमाउने एक ठग गिरफ्तार

चीनमा कोरोनाको खोप भन्दै सलाइन पानी बेचेर लाखौं डलर कमाउने एक ठग गिरफ्तार

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ८:९,

नक्कली खोप काण्डमा पक्राउ परेका कङ नामका व्यक्ति यस गिरोहको नाइके भएको बताइएको छ।

कङले चीनमा खाने पानी र सलाइन पानीलाई कोरोनाको खोप भन्दै बेचेको बीबीसीले जनाएको छ।

उनले खोपको प्याकेजिङ डिजाइन अनुसन्धान गरेका थिए। त्यसपछि मानिसलाई झुक्याउन साँच्चैको खोपकैजस्तो प्याकेजिङ गरेका थिए।

उनले ५८,००० डोज खोपभन्दै मानिसहरुलाई झुक्याएको बताइएको छ।

केही मात्राको खोप चीन बाहिर पनि तस्करी गरिएको भनिएको छ तर ती खोप कुन देशमा लगियो भन्ने प्रष्ट छैन।

यस्तै प्रकारका अपराधका चीनमा लागि अन्य ७० जना गिरफ्तार भइसकेको बताइएको छ।

गत वर्षको अन्त्यतिर नै यस्ता घटना भएको पाइएको भए पनि विस्तृत जानकारी भने यो हप्ता मात्रै सार्वजनिक गरिएको थियो।

एउटा अदालतको आदेशमा जनाइए अनुसार कङ र उनको समूहले पानी र सलाइन पानीलाई कोभिड खोपका रूपमा लगाएर गत अगस्टयता मात्रै २७ लाख अमेरिकी डलर कमाएका छन्।

अन्य मुलुकमा पठाउनुअघि यस्तै खोपका ६०० मात्रा गत नोभेम्बरमा हङकङमा पनि पठाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .